प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगित « Imagekhabar – Online News Portal of Nepal
२० असार २०७९, सोमबार | Mon Jul 4 2022


प्रजातन्त्रवादी प्राध्यापक संघको महाधिवेशन स्थगित


117
Shares

काठमाडौं । नेपाली कांग्रेस समर्थक प्रजातन्त्रवादी प्राध्यापक संघको पाँचौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।

यही जेठ २६ र २७ गतेका लागि तय भएको महाधिवेशन सदस्यता बिवाद चर्किएपछि अन्तिममा आएर स्थगित भएको हो । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेपछि महाधिवेशन स्थगित भएको एक प्राध्यापकले ईमेजखबरलाई जानकारी दिए ।

अर्काे सूचना प्रकाशित नहुदासम्म महाधिवेशन स्थगित गरिएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कोरोनाको कारण ढिलो भएको महाधिवेशन फेरि स्थगित भएपछि कहिले हुने हो भन्ने अन्योल भएको छ । महाधिवेशनका लागि देशैभरबाट प्राध्यापकहरु काठमाडौं आइरहेको बेला अन्तिम समयमा महाधिवेशन स्थगित भएपछि प्राध्यापकहरु रुष्ट भएका छन् ।