काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनुभएको छ ।
बालिनाली लगाउने बेलामा पनि सरकारले मलको नभई ‘माल’को खोजी गरिरहेको सचिव भट्टराईको गम्भिर आरोप छ । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले ‘माल’ नआई सरकारले मल नल्याउने जिकीर गर्नुभयो ।
मलको खोजीमा कृषिमन्त्री भारत गएको उल्लेख गर्दै सचिव भट्टराईले मल आउँछ कि आउँदैन भनेर प्रश्न समेत लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘आज बालीनाली लगाउने बेला छ । मलको हाहाकार छ । मल छैन । हामीले सुनि राखेकाछौं–मल खोज्न कृषिमन्त्री भारततिर जानु भएको छ । कहाँ पुग्नु भयो ? उहाँको हालखवर के छ ? मल आउँछ कि आउँदैन ? लिएर आउनु हुन्छ कि हुन्न ? मल नपाएर कृषिमन्त्री थकित भएर उतै निर्वासित हुने हो कि ? भन्ने आशंका पनि छ यहाँ, सभामुख महोदय । अर्को कुरा, मल आउँछ । तर यो सरकारले मल ल्याउन खोजेको छैन । मलमा माल खोजी रहेको छ । जवसम्म माल आउँदैन, तबसम्म मल आउनेवाला छैन । त्यसकारण हामीले मल खोजको हो सभामुख महोदय । मालको पछाडि लाग्न खोजको होइन हामीले । म, त्यो कुरा स्पष्ट गर्न चाहन्छु ।’
सचिव भट्टराईले मलको हाहाकार हुँदा पनि सरकार गम्भिर नभएको पटकपटक बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्