Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को १७ चैतको सिफारिस र २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार राष्ट्रपति भण्डारीले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो । नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम उहाँले सेना परिचालनको लागि स्वीकृति दिनुभएको हो…