विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग


78
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो ।

मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उहाँले विदेशीएका नेपालीहरूले सो अधिकार गुमाइरहेका बताउनुभयो ।

उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले किसानहरूलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।