Logo ११ असार २०८३, बिहिबार | Fri Jun 26 2026


धरान र इटहरीको मेयरमा कांग्रेसको तर्फबाट राई र पौडेल

सुनसरी । नेपाली कांग्रेसले सुनसरीका दुई उप–महानगरपालिकाको मेयरको उम्मेदवार टुंङ्ग्याएको छ । धरान उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट किशोर राई र इटहरीमा हेमकर्ण पौडेलले मेयरको टिकट पाएका छन् । कांग्रेस प्रदेश कमिटीको सोमबारको बैठकले राई र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले इटहरीको मेयरमा याम सुब्बा र धरानमा मन्जु भण्डारीलाई उम्मेदवार उठाउने भएको छ ।