ओलीले राजनीतिक परिवर्तनलाई आत्मसाथ नगर्दा नेकपामा विवाद उत्पन्न भयो : अध्यक्ष दाहाल « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


ओलीले राजनीतिक परिवर्तनलाई आत्मसाथ नगर्दा नेकपामा विवाद उत्पन्न भयो : अध्यक्ष दाहाल


234
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक परिवर्तन अनुसारको व्यवस्था केपी ओलीले आत्मसाथ नगर्दा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद उत्पन्न भएको बताउनुभएको छ ।

उहाँले तत्कालीन नेकपाभित्र विवाद कसले जन्माएको हो भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्नुभयो । कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा दाहालले ओलीका कारण नै नेकपामा विवाद उत्पन्न भएको र त्यसको परिणाम कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको जिकिर गर्नुभयो ।

ओलीले जसलाई पनि १९ पृष्ठको दस्तावेजले खतम बनायो भन्ने गरेको भन्दै उहाँले १९ पृष्ठको दस्तावेज कसले जन्मायो भनि प्रश्न गर्नुभयो । त्यो दस्तावेज झलनाथ, माधव, वामदेव गौतमको पनि रहेको दाहालको जिकिर थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभयो । मन्त्री बन्न सबैको पालो पु¥याउनुपर्ने चरित्र समाजवादी नभएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीतर्फ इंगित गर्दै नेता पौडेलले ‘रामकुमारी झाँक्रीलाई धरधरी रुवाएर समाजवाद आउँछ ? भन्दै प्रश्न गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले कांग्रेस पनि वामपन्थीहरुसँगै समाजवादको यात्रामा जान्छ भने स्वागत गरिने बताउनुभयो । कांग्रेस कम्युनिस्ट दुबै मिलेमा समाजवादको यात्रामा सजिलै पुगिने उहाँको भनाइ थियो ।