काठमाडौं । र्यापरबाट राजनीतिमा फड्को मारेका काठमाडौं महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले र्यापमार्फत जनताको मायाप्रति कृतज्ञता अर्पण गर्नुभयो । काठमाडौंलाई विश्वकै सुन्दर शहर बनाउने अभियानमा सघाउन उहाँले मतदातालाई आग्रह गर्नुभयो । नगरबासीप्रति आभार प्रकट गर्न गरिएको र्यालीमा स्वतस्फूर्त बालबालिका, युवा, बृद्धबृद्धा सबै पुस्ताको भीड चाखलाग्दो थियो । घर–घरका झ्यालबाट उहाँलाई मतदाताले अपार माया प्रकट गरेका…