काठमाडौं । राष्ट्रियसभा सदस्य वेदुराम भुसालले नागरिकता विधेयक संविधान अनुकुल भएको टिप्पणी गर्नुभएको छ । सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य भुसालले वैवाहिक अंगिकृत नागरिकताका लागि प्रक्रिया पूरा गर्नुपर्ने भनि संविधानले भने अनुरुप कानून बनाउनुपर्ने बताउनुभयो । विधेयक सुधार गर्नु पनि आवश्यक रहेको उहाँको भनाइ छ…