निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: अध्यक्ष प्रचण्ड « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Wed Nov 30 2022


निर्वाचन प्रणालीका कारण गणतन्त्र नै संकटमा: अध्यक्ष प्रचण्ड


507
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले वर्तमान निर्वाचन प्रणालीका कारण गणतन्त्र नै खतरामा पर्ने बताउनुभएको छ ।

आज (साेमबार) पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । गाउँपालिकाको निर्वाचन जित्न १० करोड खर्च गरेको सुनिएको बताउँदै उहाँले संघको निर्वाचन जित्न त अर्ब नै चाहिने अवस्था भएकाे बताउनुभयाे ।

गरीबले निर्वाचन जित्नु सपना जस्तो भएको बताउँदै उहाँले जताततै दलालहरूले मात्रै जितेर आउने देखिएको बताउनुभएकाे छ । जनताले लोकतन्त्रको अनुभूति गर्न नपाएपछि गणतन्त्र पनि धरापमा पर्ने उहाँको तर्क छ ।

पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य
नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई