
काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज (साेमबार) बस्ने भएको छ ।
करिब एक सातासम्म स्थगित भएको प्रदेश सभाको बैठक साेमबार दिउँसो ३ बजे बस्ने भएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । गत साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्र बैठकबाट बाहिरिएको थियो ।
त्यस्तै साउन ४ गते सर्वदलीय बैठक पनि बिनानिष्कर्ष टुङ्गिएको थियो । बैठकमा केही टुङ्गो नलागेपछि सभामुख शाहीले सत्ता गठबन्धन दलभित्र समस्या हल गर्न सुझाव दिनुुभएको थियो । त्यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले संसद अवरोध हटाउन सहमति र सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
उता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले गठबन्धन दलभित्रको छलफल सकारात्मक रहेको बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्