Logo ११ कार्तिक २०८३, बुधबार | Thu Oct 29 2026


निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आइतबार निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ…