दोलखामा एमालेका बालकृष्ण सिवाकोटी १९ सय बढी मतका साथ अग्र स्थानमा « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


दोलखामा एमालेका बालकृष्ण सिवाकोटी १९ सय बढी मतका साथ अग्र स्थानमा


884
Shares

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अब दोलखाको एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ ।

दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । आज (आइतबार) साढे १२ बजेसम्म शिवाकोटीले १८ हजार ६ सय ५६ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले १६ हजार ७ सय २४ मत प्राप्त गरेर पछ्याईरहनुभएको छ ।

एमालेका उम्मेदवार शिवाकोटी र माओवादीका उम्मेदवार कार्कीबीच १ हजार ९ सय ३२ मतान्तर रहेकाे छ ।