निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन कांग्रेसको निर्देशन « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन कांग्रेसको निर्देशन


1.17k
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा अन्तर्घात गर्नेको सूची पठाउन पार्टी कमिटी मातहतलाई निर्देशन दिएको छ ।

पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आइतबार निर्देशन जारी गरिएको पार्टी कार्यालयले जनाएको छ ।

जिल्ला एवम् प्रदेश अनुशासन समिति गठन नभएको अवस्थामा तत्काल अनुशासन समिति गठन गरेको पुस १५ गतेभित्र नाम पठाउन निर्देशन दिएको छ ।