Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


नागरिकता सम्बन्धी विधेयक पूर्ण रूपमा संविधानको अक्षर र भावना अनुरुप छ : सांसद देव


195
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नागरिकता सम्बन्धी विधेयक पूर्ण रूपमा संविधानको अक्षर र भावना अनुरुप आएको बताउनुभएको छ ।

सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रियसभा सदस्य देवले संविधानले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएमा प्रक्रिया पुर्‍याएर नागरिकता दिने व्यवस्था गरेको उल्लेख गर्दै निश्चित अवधि तोकेर कानून बनाउन नमिल्ने बताउनुभयो ।

वैवाहिक अंगिकृतका लागि नागरिकता दिन अवधि तोक्ने हो भने संविधानको व्यवस्थामा नै पुनर्विचार गर्नुपर्ने उहाँको भनाइ छ ।

‘विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आइसकेपछि उसले चाहेमा प्रक्रिया पु¥याएर नागरिकता दिने भनेर संविधानमा लेखिएको छ,’ उहाँले भन्नुभयो, ‘तपाईंलाई कसले अधिकार दियो कि कानून बनाउने, सात वर्ष, पाँच वर्ष, दुई वर्ष, एक वर्ष ? संविधानको विरुद्धमा कानून बनाउन सक्दैन ।’