Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


वैवाहिक अंगिकृत नागरिकता लिनेले आफ्नो देशको नागरिकता त्याग्नुपर्छ : सांसद गौतम


429
Shares

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले वैवाहिक अंगिकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगिकृत नागरिकता लिनु पहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताउनुभएको हो ।

‘हाम्रो देशमा वैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरू सच्याउनुपर्छ’ उहाँले भन्नुभयो, ‘सच्याउनु भनेर भनेको उनले नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया सुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण–पत्र लिएर आउनुपर्छ ।’

उहाँले सो प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताउनुभयो । नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भए पनि कतिपय प्रावधानहरू सच्याउनुपर्नेमा उहाँले जोड छ ।