काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित तीन प्रतिशत मतको थ्रेसहोल्ड पार गरेका ६ वटै राजनीतिक दलले प्रतिनिधिसभाकाे समानुपातिकतर्फका सांसदहरुको नाम निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले यस अघि बुझाएको बन्दसूचीबाट तोकेको क्लष्टर अनुसारको प्रतिनिधित्वका आधारमा नामावली बुझाएका हुन् । दलहरुले बुझाएको नाम क्लष्टर अनुसार मिलेको भएमा सार्वजनिक गर्ने र नमिलेमा मिलाउनका लागि समय दिने…