Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद झन् तीव (भिडियाे रिपोर्ट)


0
Shares

नरेन्द्र महतारा, काठमाडाैं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद पछिल्लो समय झन् तीव्र बन्दै गएको छ ।

पार्टी नेतृत्वको कार्यशैली, जिम्मेवारी बाँडफाँट, आगामी महाधिवेशनको तयारी लगायतका विषयलाई लिएर संस्थापन र संस्थापन इतर समूहबीचको दूरी बढ्दै जाँदा कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बन्न सक्ने चर्चा सुरु भएको देखिन्छ । एक रिपोर्ट ।

विशेषगरी संस्थापन इतर समूहका केही नेताहरूले पार्टीभित्र आफूहरूलाई योजनाबद्ध रूपमा कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै आएका छन् ।

उनीहरू विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई अझै पनि नमान्ने रणनीतिमा छन् । यही असन्तुष्टिबीच संस्थापन इतर समूह नयाँ दल गठन गर्ने तयारीमा रहेको चर्चा कांग्रेस वृत्तमा फैलिएको छ । यद्यपि सार्वजनिक रूपमा नेताहरूले पार्टी फुटाउने उद्देश्य नरहेको दाबी गरे पनि पछिल्ला गतिविधिले भने कांग्रेसभित्रको तनाव असामान्य रूपमा बढेको संकेत गरेको छ ।

पछिल्ला केही सातायता संस्थापन इतर समूहका नेताहरूबीच लगातार छलफल भइरहेको बताइएको छ । राजनीतिक बजारमा नयाँ कांग्रेस बन्ने हल्ला भएपनि तत्कालै पार्टी विभाजन हुने अवस्था भने नरहेको नेताहरुको दाबी छ ।