काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी भूमिका श्रेष्ठले संसद्मा आफ्नो प्रवेशसँगै जिम्मेवारी थपिएको बताएकी छन्। उनी नेपालको संसदीय इतिहासमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट ट्रान्सजेन्डर महिलाका रूपमा पुग्ने पहिलो व्यक्ति हुन्। ललितपुरमा जारी पार्टीको अभिमुखीकरण कार्यक्रमका क्रममा श्रेष्ठले रास्वपाले समावेशी सिद्धान्त र सुशासनलाई उच्च प्राथमिकता दिएकाले आफूले यो पार्टी रोजेको बताइन्।…