Logo १३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026


कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दै


13
Shares

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बुधबार बस्दैछ ।

बैठक बुधबार बिहान ९ बजे सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्ने संसद सचिवालयले जनाएको हाे। बैठकमा किसानहरुले बाली लगाउने मौसम सूर हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति र मौज्दातको वर्तमान अवस्थाकाे छलफल हुने भएकाे छ।

साथै बैठकमा वितरण प्रणालीलगायत विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरुसँग विस्तृत छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएकाे हाे ।