Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै (कार्यसूचीसहित)

बैठकमा सर्वेक्षण र अभौतिक साँस्कृतिक सम्पदासहित ४ विधेयक प्रस्तुत गरिंदै

78
Shares

काठमाडौं। संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै समयमा बस्ने भएको छ ।

संसद सचिवालयले प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे र राष्ट्रियसभाको बैठक बुधबारै दिउँसो सवा १ बजेदेखि शुरु हुने जनाएकाे हाे । प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अभौतिक साँस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

त्यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएकाे हाे। त्यस्तै, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेश गर्नुहुने भएकाे हाे । साथै, मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची तय गरिएको सचविालयले जनाएको छ।