Logo १६ कार्तिक २०८३, सोमबार | Mon, Nov 2, 2026


चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


0
Shares

काठमाडौं ।

काठमाडौँको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१ का सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार आज बिहान काठमाडौँ महानगरपालिका-७ स्थित चावहिल ओरालोमा गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको बाप्र ०२-०५३-१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते हुनुभएकामा उहाँलाई उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको अहिले मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बस र चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले नियन्त्रणमा लिई अनुसन्धान थालिएकने उहाँले बताउनुभयो ।

Skip This