विवेक भण्डारी, नवलपुर ।
नवलपुरमा विद्यालय सवारी दुर्घटना न्यूनिकरण गर्न स्थानीय तहले विशेष अभियान सञ्चालन गरेको छ । पछिल्लो समय जिल्लामा बढ्दो स्कुल बस दुर्घटना रोक्न तथा सवारी साधनको अवस्था परीक्षण गर्न देवचुली नगरपालिकाले यस्तो अभियान अघि बढाएको हो ।
देवचुली नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयका बसहरुको बाहिरी तथा आन्तरिक अवस्था जाँच गरिरहेको छ । देवचुली नगरपालिका भित्रका करिब ६० विद्यालयका सवारी साधनहरु जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात कार्यालयको प्राविधिक सहयोगमा परीक्षण शुरु गरिएको हो ।
देवचुली नगरपालिकाका शिक्षा शाखा अधिकृत नन्दलाल ढकालका अनुसार विद्यार्थी ओसारपसारमा प्रयोग हुने सवारी साधनमा उचित ध्यान र सावधानी अपनाउन आवश्यक भएकाले यस्तो अभियान सञ्चालन गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्