काठमाडाैं । चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रकरणमा संसद् सचिवालय र सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रवधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीकाे मत बाझिएकाे छ । संसद् सचिवालयले जबरालाई महाअभियोग निष्प्रभावी भएकाे पत्र दिएकाे केही घण्टामै मन्त्री कार्कीले महाअभियोग अझै जीवित रहेकाे बताएपछि मत बाझिएकाे हाे । मन्त्री कार्कीले आज पत्रकारहरूसँग कुरा गर्दै जबरामाथिकाे महाअभियोग जीवितै रहेकाेले…