कर्णालीको उपसभामुखमा यसोदा न्यौपाने निर्वाचित « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


कर्णालीको उपसभामुखमा यसोदा न्यौपाने निर्वाचित


104
Shares

सुर्खेत । कर्णाली प्रदेश सभाको उपसभामुखका कालिकोटकी यशोदा न्यौपाने निर्वाचित हुनुभएकाे छ ।

बुधबार भएको उपसभामुखको निर्वाचनमा उहाँ निर्वाचित हुनुभएकाे हाे ।

उहाँलाई सभामुख नन्दा गुरुङले उपसभामुखमा निर्वाचित भएको घोषणा गर्नु भएकाे हाे ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा उपसभामुखको निर्वाचनमा ३८ जनाले भाग लिएका थिए । माओवादीकी न्यौपानेले २४ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी इन्द्रा कुमारी शाहीले १४ मत मात्र प्राप्त गर्नुभएकाे हाे ।