प्रधानमन्त्री दाहाल र बेलायती राजदूतबीच भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


प्रधानमन्त्री दाहाल र बेलायती राजदूतबीच भेटवार्ता


52
Shares

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा दुईपक्षीय दौत्य सम्बन्धबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँहरूबीच दुई देशबीच रहेको पुरानो सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो ।