वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


वर्षमान पुनलाई कलेजो प्रत्यारोपण गर्न चिकित्सकको सुझाव


1.495k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गराइरहनु भएका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।

पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको जानकारी दिनुभयो ।

पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई गत शनिबार रोल्पाबाट हेलिकप्टरमा ल्याई सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । पूर्वमन्त्री समेत रहनुभएका पुन पछिल्लो समय चीनमा उपचार गराएर पुस ५ गते स्वदेश फर्किनुभएको थियो ।

वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो ।