काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक सुरू भएको छ । संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको बैठक बसेको हो । संसदको अवरोध खुलाउने र संसदीय समितिका सभापतिहरु चयनको…