काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचनमा सरदार प्रितम सिंहको बारेमा दिएको अभिव्यक्तिलाई लिएर बबण्डर मच्चाउन खोजिएको आरोप लगाउनुभएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले सोमबार लेखक किरणदीप सन्धुद्वारा लिखित पुस्तक ‘रोड्स टु द भ्याली’(द लिगेसी अफ सरदार प्रीतम सिंह इन नेपाल)को विमोचन कार्यक्रममा प्रितम सिंहले बोलेको कुरा आफूले बोलेको…