काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्वीन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गर्नुभएको छ । एक क्वीन्टल सुन समाएजस्तो गरेर सरकारले करिव २३ क्वीन्टल सुन बाहिर पठाएको उहाँको जिकिर थियो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्वीन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो…