काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभा सोमबार भएको मतदानमा मुख्यमन्त्री जमरकट्टेलले ५६ मत पाउनुभएको हो । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिनेमा उहाँले त्यत्ति मात्रै मत पाउनुभयो । जमरकट्टेललाई एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका एक सांसदले मत…