Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


माओवादी केन्द्रले चैत्र १ गतेदेखि तराई-मधेश जागरण अभियान चलाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले चैत्र १ गतेदेखि तराई-मधेश जागरण अभियान सञ्चालन गर्ने भएको छ । बिहबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो । बैठकले अभियानको वर्गीकरण र मूल्यांकन, आउँदो अभियानको तयारी, संगठनात्मक कार्यविभाजन, विभिन्न विभागबारे सुदूरपश्चिममा दलको नेताबारे एजेण्डामा छलफल भएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताउनुभयो ।…