काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूकम्पपछिको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई व्यवस्थित गर्न २१ बूँदे सुझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरलले मंगलबार विहान प्रधानमन्त्री दाहाललाई भेटेर सुझाव दिएका हुन । कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता–कपडा…