६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


कांग्रेसबाट भुकम्प प्रभावितको राहत र उद्धारका लागि सुझाव


39
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भूकम्पपछिको राहत, पुनस्र्थापना र पुनर्निर्माणलाई व्यवस्थित गर्न २१ बूँदे सुझाव दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरलले मंगलबार विहान प्रधानमन्त्री दाहाललाई भेटेर सुझाव दिएका हुन ।

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता–कपडा तत्काल उपलब्ध गराउन भनेको छ ।

अत्यावश्यक सामग्रीको अभाव हुन नदिन स्थानीय तहको नेतृत्वमा, सुरक्षा निकाय, निजी क्षेत्र, राजनैतिक दलहरु र संघ–संस्था सम्मिलित ‘सहजीकरण साझा संयन्त्र बनाउन पनि सुझाव दिइएको छ ।

यस्तै राहत, उद्धार र पुनस्र्थापनाका लागि एकद्वार प्रणाली अनुशरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिन पनि भनिएको छ ।

आगामी हिउँद अघिनै पुनस्थापना सम्पन्न गर्न पनि सुझाव दिइएको छ । यस्तै प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले पुनर्निर्माण गर्ने कार्ययोजना पनि कांग्रेसको सुझाव छ ।

कांग्रेसले तत्कालीन र अल्पकालीन काम १२ बुँदामा र पुनर्निर्माण कामका लागि ९ बुँदामा सुझाव दिएको छ । उक्त अवसरमा कांग्रेसको टोलीले ५० लाख रुपैयाँको चेक पनि सरकारलाई हस्तान्तरण गरेको छ ।