१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024


प्रधानमन्त्री दाहालद्वारा सर्वदलीय बैठक आह्वान


377
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज सर्वदलीय बैठक बोलाउनुभएको छ ।

मंगलवार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्न बैठक बोलाइएको हो ।

गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रुपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाउनुभएको जनाइएको छ ।