काठमाडौं, असार ११ । समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ । समाजवादीले यादवलाई पार्टी नीतिविपरीत लाटभियामा स्वतन्त्र तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएकामा कारवाही गरेको हो । पार्टी नीतिविपरीत जानकारी नगराई त्यहाँ भएको ‘इन्टरनेसनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सहभागी भएकामा समाजवादीले यादवसँग लिखित स्पष्टीकरण सोधेको थियो ।…