काठमाडौं, असार ९ । ललितपुर महानगरले नगरभित्रका घरको ब्लक नम्बर वितरण गर्न ड्रोन क्यामेराको उपयोग गरेको छ । देशमै पहिलो पटक ड्रोन क्यामेराबाट घर नम्बर दिन थालेको हो ।
महानगरभित्रका घर नम्बरिङ गर्न जियो स्प्यासल कम्पनीले टेन्डर पाएको थियो । उसले एयर लिफ्ट नेपालसँग सहकार्य गरिरहेको हवाई इन्जिनियर राजविक्रम महर्जनले जानकारी दिए ।
उनका अनुसार सुरुमा स्याटलाइट नक्साबाट घर नम्बरिङ गर्ने भनिएको थियो । तर स्याटलाइटको तस्वीर महँगो, धमिलो र अस्पष्ट हुने भएकाले ड्रोन प्रयोग गरिएको हो । –अन्नपूर्ण पोस्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्