२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


मुगुमा अज्ञात रोगबाट चौरी मर्न थाले


0
Shares

मुगु । जिल्लाको माथिल्लो मुगुमा अज्ञात रोगका कारण चौंरी बिरामी भई मर्न थालेका छन् । मुगुमकार्मारोङ गाउँपालिका वडा नम्बर २ को सिरानी चौरमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जानकारी दिएको छ ।

पशु अस्पतालका कार्यालय प्रमुख भिमचन्द्र बुढाले सो गाउँपालिकाका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीसहित उपचारका लागि त्यसतर्फ जाँदै गरेको बताउनुभयो ।

रोगको प्रारम्भिक अध्ययन नगरी कुन रोगले चौरी मरेका हुन् भनि एकिन गर्न नसकिने उहाँको भनाइ छ । उहाँले प्राविधिक टोली त्यहाँ पुगेपछि प्रारम्भिक अध्ययन शुरु गर्ने जानकारी दिनुभयो । साभार स् गोरखापत्र अनलाइन