संखुवासभाको मकालु गाउँपालिका र आसपासमा केही दिन अघि परेको अविरल वर्षाका कारण गएको पहिरो । तस्वीर : रासस
काठमाडौं, असार ९ । घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्यो कि डर लाग्छ ।
६ दिन यता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ ।
ठाउँठाउँमा जमिन फाटेको छ । असार ३ गते गएको पहिरोले संखुवासभाको मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् ।
उनीहरु ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए । –कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्