Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


महाधिवेशन कि संरचना निर्माण पहिला ! कांग्रेस अलमलमा


0
Shares

काठमाडौं, असार ८ । नेपाली कांग्रेसभित्र १४ औं महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभेद तीव्र बन्दै गएको छ ।

सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै विधानको व्यवस्थाअनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ । तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्ष त्यसको विपक्षमा छ ।

असन्तुष्ट पक्षले महाधिवेशन भएको तीन वर्षपछि विभागहरु गठन गर्नुको औचित्य नभएको दाबी गर्दै अब नयाँ विधानअनुसार १४ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने तर्क अघि सारेको छ । –नागरिक दैनिकबाट