काठमाडौं । नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ । धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् । भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन…