काठमाडौं । प्रधानमन्त्री केपी ओली ११ फागुनमा ६९ वर्ष पुग्दै छन् । उनी स्वास्थ्य अनुकूल हुनासाथ दैनिक कार्यमा क्रियाशील भइहाल्छन् । डायलासिस गर्दाबाहेकका दिनमा सक्रियता बढाइहाल्छन् । आगन्तुकसँग भेटघाट गर्छन् । सार्वजनिक कार्यक्रममा सहभागी हुन्छन् । उनी मंगलबार तीनवटा कार्यक्रममा व्यस्त भए। मंगलबार दिउँसो अखिल नेपाल महिला संघको शपथग्रहण कार्यक्रमका लागि राष्ट्रिय सभागृह पुगे ।…