Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कोरोनाले रोकिए बिहे, हजारौं प्रेमी जोडी निराश


0
Shares

काठमाडौं । चीनमा हजारौं बर्षमा आउने दिन पर्खेर बसेका प्रेमी कोरोना भाइरसका कारण निराश बन्न पुगेका छन् ।

यस भाइरसले चीनको अर्थतन्त्रका साथै सामाजिक क्षेत्रमा ठूलो धक्का पुर्‍याएको छ ।

मुसाबर्ष आरम्भसँगै यो भाइरसले उग्र रुप लिंदा चिनियाँको नयाँ बर्ष र बसन्त चाड निरस बन्न पुगेको छ ।

यसैबीच हजारौं चिनियाँ जोडीको विवाह गर्ने सपना भताभुंग भएको छ ।

सन् २०२० फेब्रुअरी २ तारिखका दिन प्रेमी जोडीले हजार वर्षमा एकपटक भेटिने उक्त दिनलाई आफ्नो विवाहका लागि शुम दिन छनोट गरेका थिए ।

एक त यो मिति २०२०–०२–०२ अद्भूत देखिन्छ । अगाडिबाट वा पछाडिबाट एकै बुझाउँछ। त्यसमाथि चिनियाँमा समध्वनि शब्द निकै प्रचलित छन् ।

मे महिनाको २० तारिखलाई चिनियाँले समध्वनिका आधारमा दिवसका रूपमा मनाउँछन् ।

५२० अंक, वुआरलिङको समउच्चारणमा वोआईनी अर्थात् आई लभ यु सँग मिल्ने धारणा चिनियाँ राख्छन् ।

यसपटकको असाधारण अंक मितिमा चिनियाँहरूले विवाहका लागि शुभसाइत मानिरहँदा आइतबार बिदाको दिन पर्ने भएपछि सबै जोडीले सामाजिक सञ्जाललगायत विभिन्न माध्यममार्फत दुःख पोखेका छन् । -अन्नपूर्ण पोष्ट दैनिकबाट