काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिरमा सवारीसाधनको ठक्करबाट ११ जना पैदल यात्रुले ज्यान गुमाएका थिए ।
११ जनामध्ये आठ दुर्घटनाका चालकलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । मंसिर ७ मा ललितपुर ग्वार्कोस्थित गुण सिनेमा हलअगाडि पैदलयात्रु हिलाल महर्जनलाई नवराज सापकोटाको गाडीले ठक्कर दिएको थियो ।
घाइते महर्जनको मंसिर २६ मा मृत्यु भयो । जिल्ला अदालत ललितपुरले चालक सापकोटालाई २१ दिन कैद गरी दुई हजार धरौटीमा छाडेको छ ।
मंसिर १२ मा भक्तपुरको ठिमीमा सडक किनारमा हिंडिरहेका ज्योती मगरलाई ठक्कर दिने चालक बेलबहादुर तामाङ पनि भक्तपुर आदालतको आदेशपछि ३५ हजार धरौटीमा रिहा भएका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता श्यामप्रसाद ज्ञवालीले घटनाको वास्तविक स्केच तयार हुने र सीसीटीभी फुटेजको सहयोगले दुर्घटनाका बलिया प्रमाण अदालतमा पेस गरेकै कारण लापरवाही गर्ने चालक पुर्पक्षका लागि थुनामा जाने गरेको बताए ।
–८ जनालाई जेल, २ जना धरौटीमा रिहा र १ जना फरार ।
–चालकको लापरवाहीले पैदलयात्रुको मृत्यु भएको ठहर अदालतले गरे १० बर्षसम्म जेल र १ लाख रुपैंयाँसम्म जरिवाना ।
-पहिले गर्ने मागदाबी: भूलबश/अन्जानमा दुर्घटना भएकाले १ बर्षसम्म कैद वा २ हजार रुपैंयाँसम्म जरिवाना ।
-अहिलेको मागदाबी : लापरबाही गरी सवारी चलाएकाले ३ बर्षदेखि १० बर्षसम्म कैद र ३० हजारदेखि १ लाखसम्म जरिवाना । -कान्तिपुर दैनिकबाट










प्रतिक्रिया दिनुहोस्