६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


न्यारोबडी विमान एयरबस खरिद विक्रीमा ४ करोड २८ लाख ‘घूस’ दिएको खुलासा


0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमलाई पाँच बर्षअघि दुइटा न्यारोबडी विमान एयरबस ए३२० विक्री गर्ने युरोपियन कम्पनी एयरबसले तत्कालीन खरिद विक्रीमा संलग्न नेपाली सरकारी अधिकारी तथा एजेन्टलाई ३ लाख ४० हजार युरो(करिब ४ करोड २८ लाख रुपैंयाँ) ‘घूस’ दिएको खुलासा गरेको छ ।

फ्रान्सेली राष्ट्रिय वित्तीय अभियोजकको कार्यालयले गत बुधबारको मिति राखेर सार्वजनिक गरेको अदालती सम्झौतापत्रमा १८ लाख (करिब २० करोड) को प्रतिबद्धता भएको रकममध्ये एयरबसले नेपाली एजेन्ट र खरिदमा संलग्न सरकारी अधिकारीहरुलाई ‘घूस’ वापत भुक्तानी गरेको उल्लेख छ ।

यो रकम सन् २०१४ फेब्रुअरी(२०७० माघ) देखि सन् २०१५ अप्रिल(२०७१ चैत) सम्म पटक पटक भुक्तानी भएको पत्रमा उल्लेख छ । -कान्तिपुर दैनिकबाट