Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


गाडी भाडा अनुगमनमा खटिए प्रहरीका ४० युनिट, भाडादर लागू नभए यस्तो कारवाही


0
Shares

काठमाडौं । ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ ।

पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा अनुगमन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अनुगमनका लागि ४० युनिट परिचान भइसकेका छन् ।

प्रत्येक युनिटले प्रत्येक दिन कम्तीमा १० वटा गाडी अनुगमन गर्ने महाशाखाको योजना छ । एकै दिन चार सयवटा गाडीमा भाडादर लागू भए/नभएको सूचना संकलन हुनेछ । भाडादर लागू नभएका सवारीसाधनलाई ट्राफिक प्रहरीले तत्कालन पाँच सयदेखि १५ सय रुपैयाँसम्म कारबाही गर्नेछ ।

महाशाखा प्रमुख एसएसपी भीम ढकालले उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा भाडासम्बन्धी गुनासो धेरै आउने गरेकाले नियन्त्रणका लागि अभियान चालिएको बताए । उनले भने, ‘उपत्यकाभित्र चल्ने भाडाका सवारीसाधनमा भाडासम्बन्धी धेरै गुनासो आए ।

प्रारम्भिक रूपमा अध्ययन गर्दा कतिपय सवारीसाधनले सरकारी भाडादर लागू नगरेको पाइयो । यसलाई रोक्न हामीले सरोकारवालासँग छलफल गर्‍यौँ । सोही छलफलपछिको निचोडमा भाडा अनुमगन अभियान थाल्यौँ ।’

यातायात व्यवस्था विभागको पछिल्लो तथ्यांकअनुसार बागमती अञ्चलमा भाडाको सवारीसाधन मात्रै ६८ हजार एक ६५ दर्ता भएका छन् । जसमध्ये बस/ट्रकको संख्या ४८ हजार दुई सय ८२ छ ।

डोजररपावर ट्रेलर १३ हजार पाँच सय ५३, टेप्पोरमाइक्रो ६ हजार तीन सय ३० र ट्याक्सी करिब १० हजारको संख्यामा दर्ता छन् । जसमध्ये ९० प्रतिशत सवारीसाधन दैनिक चल्ने गर्छन् ।

तर, सरकारले तोकेको भाडादरअनुसार यात्रुलाई सेवा दिने सवारीसाधन भने निकै कम छन् । महाशाखाका अनुसार पहिलो चरणमा बस, माइक्रो, ट्याक्सी र टेम्पोमा भाडादर कार्यान्वयन अभियान चलाइनेछ ।

दोषी देखिए कारबाही गरिने प्रहरीले जनाएको छ । महाशाखा प्रमुख एसएसपी ढकालले भने,‘पहिलो चरणमा भाडादर कार्यान्वयन अभियान बस, माइक्रो, ट्याक्सी र टेम्पोमा लागू गरिनेछ । -नयाँ पत्रिका दैनिकबाट