काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अधिकांश केन्द्रीय सदस्य एमसीसीको विवक्षमा उभिएका छन् ।
बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन १५ समूहमा भएको छलफलमा अधिकांश केन्द्रीय सदस्यहरुले एमसीसीको विरोध गरेका हुन् ।
उनीहरुले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले सैन्य रणनितिअन्तर्गत आएको सहयोग स्विकार गर्न नहुने बताएका थिए ।
केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले बुधबार बैठकको उद्घाटन सत्रमा दिएका अभिव्यक्ति चितबुझ्दो नभएको प्रतिक्रिया दिएका थिए ।
उनीहरुले विज्ञ समूह बनाएर त्यसले दिएको रिपोर्टका आधारमा मात्रै एमसीसीबारे निर्णय गर्न सरकारलाई सुझाव दिए । नागरिक दैनिकबाट ।










प्रतिक्रिया दिनुहोस्