काठमाडौं । नेपाल भ्रमण वर्षका लागि बनाइएको यतीको मस्कट चर्को विवादमा परेको छ ।
धेरैले यतीको मस्कट सुमो खेलाडी, पहलमान, लाफिङ बुद्ध या हनुमान हुनसक्ने बताएका छन् ।
भ्रमण वर्षको प्रवर्द्धन गर्न सरकारले यतीको यो स्वरूप अघि सारेको हो । यसबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ ।
तर यतीको आधिकारिक प्रमाण कसैसँग छैन । पर्वतारोहीले नेपालको हिमाली भेगमा यतीको पाइला देखेको बताउँदै आएका छन् । अनुसन्धानकर्ताले पनि यसको स्वरूपको वर्णन गरेका छन् ।
सन् १८३२ मा नेपालमा रहेका बेलायती अध्येता ब्रायन हड्सनले हिमाली भेगमा शरीरभर रौं भएको भयंकर जीव (यती) ले आफ्ना सहयोगीलाई आक्रमण गरेको उल्लेख गरेका छन् ।
‘विभिन्न विवरण, पर्वतारोहीका भनाइ र लोककथामा यतीको टाउको कोणात्मक भएको वर्णन छ’, भूगोलविद् तथा यतीसम्बन्धी पुस्तकका लेखक रामकुमार पाँडे भन्छन्, ‘शरीरमा बाक्लो रौं हुन्छ र पाइला पनि विशेष खालको हुन्छ ।’
भ्रमण वर्षमा सार्वजनिक गरिएको यतीको शरीर भने चिल्लो छालाजस्तो देखिन्छ । स्वरूप पनि पहलमानजस्तो छ । कपाललाई जुरो बनाइएको छ । ‘
यतीलाई विश्वभर चिनाउन सरकार संवेदनशील भएको देखिँदैन’, लेखक पाँडे भन्छन्, ‘यतीको स्वरूपमा ठट्टा भएको छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट










प्रतिक्रिया दिनुहोस्