काठमाडौं । सिरहाका चतुरनारायण मण्डलले १८ महिनाको तलब लिन लपाई अक्टोबरको पहिलो साता कतार छाडे । उनी १३ वर्षदेखि इम्पेरियल ट्रेडिङ एण्ड कन्स्ट्रक्टिङ कम्पनीमा काम गर्थे । पहिले कम्पनी राम्रै थियो । व्यवस्थापन परिवर्तन भएपछि अवस्था बिग्रियो । 'हामीले श्रम मात्रै पोख्नुपर्या', उनले भने, 'कतारमा विना तलब बस्नै सकिएन । घरमा पैसो पठाउन नसक्ने भएपछि…