मलेसियाको टप ग्लोब्समा २१२० नेपाली संक्रमित, उपचार नपाएर एकको मृत्यु « Image Khabar


मलेसियाको टप ग्लोब्समा २१२० नेपाली संक्रमित, उपचार नपाएर एकको मृत्यु


Imagekhabar
१ पुष २०७७, बुधबार ०६:४५

काठमाडौं । मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १ सय २० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् ।

जसमध्ये १ हजार ९ सय ६६ जना नेपाली अस्पतालबाट डिस्जार्च भइसकेको छन् । अझै १ सय ७ जना उपचाररत छन् र १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

३४ जनालाई अस्पताल लैजानु नपर्ने सूचीमा राखिएको छ । टप ग्लोब्सले क्लालाम्पुरस्थित नेपाली दूतावासलाई मंगलबार यसबारे जानकारी दिएको हो ।

अव्यवस्थित वासस्थल र सामाजिक दूरी कायम नगरी एकै पटक धेरै श्रमिकलाई काममा लगाउँदा एक महिनायता कम्पनीमा कोरोना संक्रमणले विकराल रुप लिएको हो ।

कम्पनीम कुल २१ हजार श्रमिक कार्यरत रहेकामा हालसम्म ५ हजार १ सय ४७ जना संक्रमित छन् । संक्रमितमध्ये नवरपरासीका सुरक्षा गार्ड गमनारायण चौधरीको मृत्यु भएको थियो ।

मलेसियाका पूर्वमानव संसाधनमन्त्री एम. कुला शेरागनले चौधरीले समयमै उपचार नपाएका कारण मृत्यु भएको बताएका छन् ।

उनका अनुसार स्वास्थ्य अवस्था जटिल बनेपछि मात्रै उनलाई अस्पताल पुर्याइएको थियो । कान्तिपुर

प्रतिक्रिया दिनुहोस्