Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


कोरोना खोप भण्डारण स्थलको अभाव


0
Shares

काठमाडों । कोभ्याक्समार्फत सहयोगमा प्राप्त हुने पहिलो चरणको कोरोनाविरुद्धको खोप भण्डारण गर्ने चिस्यानयुुक्त ठाउँसमेत अपुग हुने देखिएको छ ।

२ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न केन्द्र र प्रदेशमा चिस्यानयुक्त भण्डार रहे पनि नियमित खोप राखिएकाले कोभिड खोप राख्न ठाउँको अभाव हुने भएको हो ।

काठमाडौंमा रहेको चिस्यानयुक्त केन्द्रीय भण्डारणमा समेत नियमित खोप राख्ने ठाउँ मात्रै छ ।

अहिलेको संरचनाअनुसार चिस्यानसहितको भण्डारणस्थलको समस्या सबैभन्दा बढी वाग्मती र प्रदेश २ मा पर्ने देखिएको छ ।

चिस्यान भण्डार बढाउन स्वास्थ्य सेवा विभागले गत वर्ष कात्तिकमा टेकुस्थित विभाग परिसरमा ७० देखि ८० हजार लिटर क्षमताको आधुनिक केन्द्रीय भ्याक्सिन स्टोर बनाउन टेन्डर गरे पनि अझै निर्माण सुरु भएको छैन । कान्तिपुर